Comments Add Comment

नयाँ वर्ष बनाउने कस्ता कस्ता चलन !

नयाँ वर्ष आ-आफ्नो समय तथा संस्कार अनुसार पूरै विश्वभर एक उत्सव तथा पर्वको रुपमा मनाइन्छ । विश्वका देशहरुले आ आफ्नो तिथिमिति तथा परम्परा अनुसार नयाँ पर्वलाई उत्सवको रुपमा मनाउँछन् । नयाँ वर्ष मनाउने केही संस्कार निकै अनौठा छन् ।

·  इटालीमा एउटा भनाई निकै प्रचलित छ, ‘आउट विथ दी गोल्ड’ अर्थात् बाहिर फ्याँक्नुभन्दा राम्रो केही छैन । र, यो उखानको पालना गर्ने सबैभन्दा राम्रो मुहुर्त चाहीँ नयाँ वर्ष सुरु हुने दिनको अघिल्लो रात, अर्थात् न्यू इयर इभ ।

इटालियनहरुका अनुसार न्यू इयर इभमा घरको झ्यालबाट कुनै न कुनै पूरानो चिजविज फ्याँक्नैपर्दछ । चाहे टोस्टर होस् वा ताप्के वा टिभी, जे सुकै किन नहोस् ।

यसो गर्नाले नयाँ वर्षमा घरभित्र पूरानोको ठाउँमा नयाँ चिजवस्तु भित्रिन पाउँछन् र घरमा सम्वृद्धि आउँदछ भन्ने मान्यता रहेको छ ।

· स्टोनियामा न्यू इयर इभमा मानिसहरुले आफुले विभिन्न परिकार खानपान गर्नु त छँदैछ खानेकुराका ७, ९ वा १२ परिकार दराजभित्र राखिदिन्छन् । ज

ति धेरै परिकार दराजभित्र राख्न सक्यो उति नै धेरै सौभाग्य प्राप्त हुन्छ भन्ने मान्यता त्यहाँ छ । ३१ डिसेम्बरको रातमा आफ्ना मृतक पूर्वजहरु घरमा खाना खान आउने हुनाले दराजभित्र थरीथरीका परिकार राखिदिएमा पूर्वजहरुले पेटभर खान पाउने मान्यता रहिआएको छ ।

· ब्राजिलमा न्यू इयर इभ सेलिब्रेट गर्ने दुई तरिका छन् । मानिसहरु सेतो कपडा लगाएर मध्यरातमा समुद्रमा गएर पौडी खेल्दछन् । समुद्रका सात लहरसम्म तैरिएर आउन सकेमा इश्वर खुसी हुने र आगामी वर्ष सुख सम्वृद्धिले भरिपूर्ण हुने विश्वास उनीहरुमा छ ।

त्यस्तै मानिसहरु फूल, गहना तथा विभिन्न उपहार लिएर डुंगामा बस्दछन् । डुंगामै चढेर मानिसहरु रातमा समुद्रको बीचमा पुग्दछन् ।

· स्पेनमा न्यू इयर इभका फरक खालको संस्कार छ । रातो रंगको एक जोडी अण्डरवेयर खरीद गर्ने चलन छ । यसो गर्नाले नयाँ वर्षमा गुडलक आउने विश्वास छ । रातो रंग मािनसहरुको सौभाग्यको सूचक हो ।

मानिसहरु न्यू इयर इभ रातको १२ बज्नु १२ सेकेण्ड अघिबाट मनाउन सुरु गर्दछन् । अनि १२ बजे अगाडिका ती १२ सेकेण्डमा एक एक गेडा अंगूर खान्छन् । यसरी १२ गेडा अंगुर खानाले गुडलक आउने विश्वास गरिन्छ ।

· इक्वेडरमा मानिसहरु चर्चित सेलिब्रेटीहरुका ठूला ठूला पुत्ला बनाउँछन् । अनि रात ढल्किँदै गर्दा आगो बालेर पुत्ला दहन गर्दछन् । यसो गर्नाले गुडलक आउने विश्वास गरिन्छ ।

· डेनमार्कमा मानिसहरुले घरमा टुटेफुटेका सरसामानहरु वर्षदिनभर जतन गरेर राख्दछन् अनि न्यू इयर इभमा छिमेकीको दैलोमा लगेर फ्याँकिदिन्छन् । नयाँ वर्षको पहिलो बिहानीमा आफ्नो ढोका बाहिर टुटेफुटेका सरसामानहरु देख्न पाएमा सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ ।

· फिलिपिन्समा मानिसहरुहरु गोलो आकृतिलाई सौभाग्यको प्रतिक मान्दछन् । न्यू इयर इभमा १२ थरी फलफूल जम्मा पार्दछन् । हरेक फल एक महिनाको प्रतिक हुन्छ । १२ थरी फललाई टेबुलमा सजाइन्छ ।

यी १२ फलले वर्षका बाह्रै महिना समृद्धि ल्याउने विश्वास गरिन्छ । यी सबै फलहरु गोलो आकारका हुन्छन् । गोलो आकारका फल मात्र होइन मानिसहरु गोलो आकारका गहना पनि लगाउने गर्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment