+
+

यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते ११:५९


वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइल/ल्यापटप प्रयोगकर्ताले भोग्दैआएको समस्या हो ।

यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ । यदि यी चिजहरुलाई इन्टरनेटको अभिशाप भनियो भने सायद गलत हुनेछैन ।

फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स भरिनेमात्र होइन यसले प्रयोगकर्तालाई नोक्सान पूराउने जोखिम पनि हुन्छ । कतिपय सर्भिस प्रोभाइडरहरु वा अन्य मानिसहरु उनीहरुको इमेल सर्भिस अनसब्सक्राइब गरिसकेपछि पनि इमेल पठाइरहन्छन् ।

यसबाट बच्नका लागि जिमेलले यस्तो व्यवस्था गरेको छ की प्रयोगकर्ताले अनावश्यक इमेलहरु ब्लक गर्न सक्दछन् ।

यसरी ब्लक गर्नुहोस् जिमेलमा कसैको इमेल:

· सबैभन्दा पहिले गुगलमा आफ्नो इमेल आइडी पासवर्डसँगै लगइन गर्नुहोस्

· जुन इमेल पठाउने व्यक्ति, ग्रुप वा सर्भिस प्रोभाइडरलाई तपाइँ ब्लक गर्न चाहनुहुन्छ, त्यसको नाम सर्च गर्नुहोस्

· उसको इमेल ओपन गर्नुहोस्

· पठाउनेवालाको नाम/ठेगानाको तल देखिएको तिखो आकारको चिन्हमा क्लिक गर्नुहोस्

· त्यहाँबाट Block Sender’s name/adress को विकल्प छान्नुहोस्

यसो गरिसकेपछि तपाइँले आफुले नचाहने इमेल वा सेलेक्टिभ प्रयोगकर्ताबाट आउने खालका इमेलबाट बच्न सक्नुहुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?