+
+

दुई कोरियाबीच सम्बादका लागि हटलाइन सुरु

एपी एपी
२०७४ पुष १९ गते १४:२६

१९ पुस, काठमाडौं । उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बादका लागि कम्युनिकेसन च्यानल पुनः खोल्न आदेश दिएसँगै दक्षिण कोरियाले पनि च्यालन खोल्ने निर्णय गरेको छ ।

दक्षिण कोरियाले भनेको छ कि उसले उत्तर कोरियासँग सीमा पार सञ्चार प्रणालीमार्फत प्रारम्भिक सम्पर्क सुरु गरेको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुई कोरियाबीच बुधबार सीमावर्ती गाउँ पनमुनजोममा सञ्चार च्यानलको माध्यमबाट सम्बादमा भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि पहिलो पटक सञ्चार लाइनले काम गरिरहेको छ कि छैन भनेर जाँच गर्दा परीक्षण सफल भएको थियो ।

आगामी महिना हुने शीतकालीन ओलम्पिक सफल पार्न सहयोगका लागि दक्षिण कोरियाले गरेको प्रस्तावपछि उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार च्यानल पुनः खोल्न आदेश दिएका थिए ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले शीतकालीन ओलम्पिकमा सहयोग गर्न उत्तरसमक्ष अपील गरेको थियो ।

सियोलले मंगलबार आफ्ना प्रतिद्वन्द्वीलाई जनवरी ९ मा पानमुनजोममा भेटवार्ता गर्न प्रस्ताव गरेको थियो । तर प्योङयाङले दक्षिणको त्यस प्रस्तावमा प्रतिक्रिया दिएको छैन ।

पानमुनजोमको कम्युनिकेसन च्यानल पुनः खोल्ने निर्णय पोङयाङका वरिष्ठ अधिकारीद्वारा सरकारी टिभीमार्फत घोषणा गरिएको थियो । र, यो निर्णय किम जोङ उनकै आदेशमा भएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?