+
+

भूकम्प पीडित भन्छन्-ऋणमा डुबाउने अनुदान चाहिएन,बरु झुप्रोमै बस्छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १९ गते १७:५२

१९ पुस, पाल्पा । भूकम्प प्रतिरोधि घर बनाउने प्रक्रिया र मापदण्ड झन्झटिलो भएको भन्दै प्रभावितले गुनासो गरेका छन् ।

तानसेन नगरपालिका वडा नं ८ मदनपोखरामा भूकम्प प्रभावितहरुलाई सुरक्षित घर बनाउने तरिकाका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले खर्चिलो र प्रक्रीया झन्झटिलो भएको भन्दै गुनासो गरेका हुन् ।

तानसेन ८ चुच्चेबारीका कृष्णबहादुर खाम्चाले गरिबले थेग्नै नसक्ने महंगो भएको भन्दै सरकारले दिएको अनुदानले छेंउ पनि नपुग्ने बताए । उनले भने-‘सरकारले दिएको पैसाले घर बनाउन के के हो के के गर्नु पर्दो रैछ । खै सब्बै पारी पुर्‍याएर बनाउने आशै हरायो ।’

तानसेन ८ पिपलडाँडाका वडा सदस्य देवबहादुर चिदिले सरकारले दिएको अनुदान अनुसार भूकम्प प्रतिरोधी घर बनाउन नसक्ने बताए । उनले भने -‘धेरै प्रभावित गरिब छन् । ठूला महल बनाउने मापदण्ड साना घरलाई लागू गर्दा गरिबले खर्च थेग्न सक्दैनन् ।’

तानसेन ८ पाँडेखर्कका उमबहादुर बस्यालले सरकारले धनी प्रभावितले मात्र सरकारको अनुदानमा थपथाप गरेर घर बनाउने परिस्थिती निर्माण गरेको भन्दै गुनासो गरे । उनले भने-‘अनुदान प्रकृया र मापदण्ड अनुरुप वास्तविक गरिवले घर बनाउने हो भने ऋण नलिई हुन्न । गरिबलाई झन ऋणमा डुबाउने अनुदान चाहिएन । बरु झुप्रोमै बस्छौं ।’

घरको अवस्था राम्रै भएकाहरु पनि भूकम्प प्रभावितको सूचीमा परेको गुनासो प्रभावितहरुले गरेका छन् ।

धेरैले राजनैतिक आस्था र चिनजानको फाइदा उठाउँदै भूकम्प प्रभावितको सूचीमा नाम थप गरेको वास्तविक भूकम्प प्रभावितहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?