Comments Add Comment

बुटवललाई प्रदेश राजधानी बनाउन माग गर्दै मसाल जुलुस

१९ पुस, बुटवल । प्रदेश ५ को राजधानी बुटवल हुनुपर्ने माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु संघर्षमा उत्रिएको छ । अनेरास्ववियुले बुटवलमा बुधबार साझ मसाल जुलुस निकालेर बिरोध जनाएको हो ।

प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने तयारी रहेको खबर आएपछि बुटवलमा आन्दोलनको शुरुवात भएको हो । बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको अनेरास्ववियुको मसाल जुलुस मिडियाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी बुटवलको बिकल्प नै नभएको बताए । उनले राजधानी दाङ बनाएर लुम्बिनी अञ्चलबासीलाइ धोका दिन खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment