Comments Add Comment

प्रियंकादेखि विद्या, जसलाई यो बर्ष दर्शकले पर्दामा देख्न पाउने छैनन्


सन् २०१८ मा केहि ठूला ब्यानरको चलचित्र रिलिज हुँदैछन् । थुप्रै कलाकारका महत्वकांक्षी चलचित्र यहि वर्ष रिलिज हुने भएपनि केहि चल्तिका कलाकारलाई भने यस वर्ष दर्शकले पर्दामा देख्न पाउने छैनन् । नायिका प्रियंका चोपडा, विपाशा बसु, विद्या वालन लगायतका नायिकाको चलचित्र यो वर्ष दर्शकले हेर्न पाउने छैनन् ।

प्रियंका अभिनित ‘बेवाच’ सन् २०१७ मा रिलिज भएको थियो भने विपाशा बसुले सन् २०१५ मा रिलिज भएको ‘अलोन’पछि कुनै चलचित्रमा काम गरेकी छैनन् ।
सन् २००५ मा ‘परिणिता’बाट बलिउडमा डेब्यु गरेकी विद्या अभिनित ‘तुम्हारी सुलु’ गत वर्ष रिलिज भएको थियो । कलाकार विवेक ओवरायलाई पनि दर्शककले पर्दामा हेर्न पाउने छैनन् । ‘बैंक चोर’ रिलिजपछि उनी पनि फुर्सदिला भएका छन् ।

आदित्यराय कपुरले सन् २००९ मा ‘लण्डन डि्रम्स’मा काम गरेर राम्रै चर्चा पाएको थिए । पछिल्लो चलचित्र ‘ओके जानु’ रिलिजपछि उनी फुर्सदिला कलाकारको रुपमा सूचीकृत छन् । नायिका श्रुती हसनको ‘बहन होगी तेरी’ गएको वर्ष रिलिज भएको थियो । यो वर्ष उनलाई पनि दर्शकले देख्न पाउने छैनन् ।

‘बेफिक्रे’मा काम गरेर राम्रै चर्चा पाएका वाणी कपुरलाई पनि दर्शकले यो वर्ष देख्न पाउने छैनन् । ‘लिपिस्टिक अण्डर माइ बुर्का’वाट राम्रै चर्चा पाएकी कोकणा सेन शर्माको पनि कुनै चलचित्र यो बर्ष रिलिज नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment