महार्षि बाल्मीकि, अर्थात महान ग्रन्थ रामायणका रचनाकार । महाभारत कालमा वाल्मीकिको वर्णन गरिएको पाइन्छ ।
खासमा उनको जन्म नागा प्रजातिमा भएको थियो । महार्षि बन्नुअघि उनी रत्नाकरको नामबाट चिनिन्थे । उनी डकैती गर्थे, जंगलमा बसेर ।
त्यो निर्जन बनमा एक जना नारद मुनी हिँडिरहेका थिए । उनैलाई लुट्नका लागि तैनाथ भए, रत्नकार । तब नारद मुनीले सोधे, ‘यस्तो काम कसको लागि गर्न चाहन्छौ ?’
रत्नकारले जवाफ दिए, ‘परिवारका लागि ।’
‘यस किसिमले तिमीले जुन पाप कर्म गर्छौ, त्यसको दण्ड भुक्तान गर्नमा तिमीलाई परिवारले सहयोग गर्छ ?’ नारद मुनीले सोधे ।
यहि प्रश्नले रत्नकारलाई आफ्नो कर्मवाट बिरक्त बनायो । उनले परिवारलाई सोधे, ‘के मैले गरेको पापको भागिदार तिमीहरु पनि हुन्छौ ?’ परिवारले नकारात्मक जवाफ फर्काए । अन्ततः रत्नकारलाई आफ्नो पाप कर्म त्यागे ।
पछि उनले रामायणको रचना गरे । महाषिर् बाल्मीकिले रामायणमा प्रेम, त्याग, तपस्य र यशको भावनालाई महत्व दिएका छन् । श्रीरामको जीवनको माध्यामबाट हामीलाई जीवनको सत्य, कर्तव्य वोध गराएका छन् ।
-अर्काको धनको अपहरण, परस्त्रीसँग संसर्ग, सहृदयीप्रति अतिशंका यी तीन दोष विनाशकारी छ ।
-पुरुषार्थ बिना भाग्य निर्माण हुँदैन ।
-भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन् । साथै भाग्यमा निर्भर भएर उनीहरु आफुलाई नष्ट गर्छन् ।
-उत्साह, सामथ्र्य र मनको हिम्मत हार्नु हुँदैन, कुनैपनि कार्य सिद्ध गर्नका लागि यी गुण आवश्यक हुन्छ ।
-नारीको लागि वास्तवमा उनका पति नै सम्पूर्ण आभूषण हुन् । उसलाई पृथक राखेर उनी जतिनै सुन्दर भएपनि सुशोभित हुँदैनन् ।
-जीवनमा सदैव सुख मिल्छ भने यो एकदमै दुर्लभ कुरा हो ।
-अति संघर्षबाट चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार अति अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध पैदा हुन्छ ।
-सन्त अर्कालाई दुखबाट बचाउनका लागि आफु कष्ट सहन्छ, जबकी दृष्ट व्यक्ति अर्कालाई दुख दिनका लागि ।
-नीचको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, सर्प र बिरालो झुकेर युद्ध गर्छ ।
-संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।
-यस संसारमा असंभव केहिपनि छैन, यदि उत्साहलाई नछाड्ने हो भने ।
-मायाको दुई भेद छ, अविद्या र विद्या ।
-मानिसको सबैभन्दा डरलाग्दो शत्रु हो, अहंकार । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
-इच्छाशक्ति भएपछि मानिसले जतिसुकै कठोर काम पनि सहजै सम्पन्न गर्न सक्छ । इच्छाशक्ति र दृढ संकल्पले मासिनलाई रंकबाट राजा बनाइदिन्छ ।
-समस्त सत्य कर्मको आधार सत्य नै हो ।
-आमाबुवाको सेवा र उनको आज्ञा पालन जस्तो अर्को धर्म छैन ।
-दुख र विपद जीवनको दुई यस्तो पाहुना हुन्, जो बिना निमन्त्रणा आइपुग्छन् ।
-प्रणलाई तोडेपछि पुण्य नष्ट हुन्छ ।
प्रतिक्रिया 4