Comments Add Comment

एमाले – माओवादी बैठकः प्रदेश सरकार गठनको गृहकार्य गर्न कार्यदल गठन

२५ पुस, काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

तर, एकतापछि सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा कुनै सहमति भएको छैन ।

प्रदेश र प्रतिनिधिसभा चुनावपछि एमाले र माओवादीको एकता संयोजन समितिको बस्न सकेका थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासम बालकोटमा मंगलबार बसेको तीन घन्टा भन्दा बढी चलेको थियो ।

बैठकले प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

बैठकमा पार्टीको बैचारिक-राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ । कार्यदल गठन भने भएको छैन ।

एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई भनेको छ ।

साथै संवैधानिक दायित्वअनुसार प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ । सरकारले प्रदेश प्रमुख तोक्ने तर, अस्थायी मुकाम नतोक्ने तयारी गरेको खबर आएपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ ।साथै पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment