+
+

बहुप्रतिक्षित फिल्म ‘पद्यावत’ कस्तो रुपमा आउला ?

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २५ गते २०:५४

छायांकनको क्रमदेखि नै विभिन्न लफडा झेलेका फिल्म ‘पद्यावती’ अन्तत ‘पद्यावत’ नाममा सार्वजनिक हुने पक्कापक्की भएको छ । यसको रिलिज डेट तोकिएको छ, २५ जनवरी । यद्यपी यसका सबै दृश्य सग्लो भने रहने छैन । यस फिल्ममा मेन्सन गरिएको दिल्ली, चितौड र मेवाड जस्ता नाम हटाइनेछ । राजपुत करणी सेनाको निसाना बन्दै आएको फिल्ममा थुप्रै फेरबदल हुने बुझिएको छ ।

-२५ जनवरीमा सिनेमाघरमा जुन हिसाबले दर्शकले फिल्म देख्नेछन्, त्यो पूर्ण रुपले काल्पनिक कथा हुनेछ ।

किनभने कथामा उल्लेख स्थानको नाम परिवर्तन गरिएकोले वास्तविक घटना कहाँ घटेको थियो भन्ने भेउ पाइनेछैन ।

-दर्शकलाई यो कुरा पनि थाहा हुने छैन कि, अलाउद्दीन खिलजी कहाँबाट आएका थिए र कहाँ गएर राजपूतसँग उको युद्ध हुन्छ । खिलजीको भूमिकामा रणवीर सिंह छन् ।

फिल्मको रि-एडिटिङ हुँदैछ

यसबेला सेन्सर बोर्डद्वारा दिइएको सुझाव अनुसार फिल्मको री-एडिटिङ हुँदैछ । यो काम सून्य लेभलबाटै सुरु हुँदैछ ।

राजस्थान सरकारको विरोध

भारतिय सेन्सर बोर्डले फिल्मको नाम बदल्ने सल्लाह दिएर फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । तर, राजपूत समुदायले फिल्मको अहिलेपनि बिरोध गरिरहेको छ । यता राजस्थान सरकार राजपूत समुदायसँग मिलेर विरोध गरिरहेको छ ।

अक्षय पछि हटेनन

पद्यमवतको रिलिज डेट अनिश्चित हुँदा अक्षय कुमार स्टारर ‘पैडमैन’ले धुम मच्याउने अनुमान गरिएको थियो । अक्षयको फिल्मले अहिले ठूलो बजेटको फिल्मलाई पनि टक्कर दिइरहेको अवस्था छ । ‘पैडमैन’ले पनि धुम मच्याउने अपेक्षा गरिएको थियो । तर, उक्त फिल्मसँग भन्सालीको प्रतिक्षित फिल्म ‘पद्यावत’ रिलिज हुने भएपछि अक्षयको फिल्म चेपुवामा पर्ने डर छ । यद्यपी अक्षय पछि हट्नेवाला छैनन् । उनी निर्धारित डेटमा फिल्म रिलिज गर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?