+
+
Shares

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते ८:१२
सांकेतिक तस्वीर

२६ पुस, ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहारबाट मंगलबार एक युवक घाइते भएका छन् ।

मैवाखोला गाउँपालिका–१ का युनिष याकुपाको खुकुरी प्रहारबाट सोही स्थानका २८ वर्षीय पुजन मास्वा (लिम्बु) घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

खुकुरी प्रहारबाट खुट्टामा चोट लागेका पुजनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ भने खुकुर प्रहार गर्ने युनिष प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

उनीहरुबीच सामान्य विवाद हुँदा युनिषले खुकुरी प्रहार गरेको पाइएकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने युनिष सुस्त मनस्थितिको रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?