+
+

चालक पक्राउको विरोधमा पोखराका बस व्यवसायीले सवारी चलाएनन्, यात्रु मारमा

अमृत सुवेदी अमृत सुवेदी
२०७४ पुष २७ गते ९:४६


२७ पुस, पोखरा । पोखराका ट्याक्सी व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कास्कीका ८ वटै बस व्यवसायीले बिहीबार सवारी थन्क्याएका छन् । व्यवसायीले सवारी नचलाउँदा सार्वजनिक सवारीको भर पर्दै आएका यात्रु मारमा परेका छन् ।

मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका ट्याक्सी व्यवसायी आन्दोलित छन् । बुधबार मात्रै उनीहरुले पृथ्बीचोकमा ट्याक्सी जाम गरेर विरोध प्रदर्शन गरेका थिए ।

ट्याक्सी व्यवसायीको मागमा एेक्यबद्धता जनाउँदै जिल्लाका सबै ८ वटै व्यवसायीले बिहीबार कालो नम्बर प्लेटका सवारी साधन थन्क्याएका हुन् ।

व्यवसायीले सार्वजनिक सवारी नचलाउँदा बिहानैदेखि कास्कीको सवारी आवागमन प्रभावित भएको छ । पोखरासँगै जिल्लाका कुनै पनि स्थानमा सार्वजनिक सवारी चलेका छैनन् । व्यवसायीको विरोधले पोखराबाट अन्यत्र जाने र कास्की भित्रिने यात्रु अलपत्र परेका छन् । यद्यपि, निजी सवारी साधन भने बिहानैदेखि निर्वाध चलिरहेका छन् ।

पोखरामा हाल ट्याक्सी व्यवसायी समितिसँगै पृथ्वी राजमार्ग बस व्यवसायी समिति, स्थानीय शृंग यातायात व्यवसायी समिति, पोखरा बस व्यवसायी समिति, विन्ध्यवासिनी बस व्यवसायी समितिलगायत बस समिति छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?