Comments Add Comment

‘जाइरा’मा ‘बक्सिङ खेलाडी’ बन्दै नम्रता र अनुप


नायक अनुप विक्रम शाहीको हातमा त चलचित्रको कुनै अभाव नै छैन । अझ, अनुप चलचित्रमा नायक भन्दा पनि खलनायकको रुपमा जमिरहेका छन् । धेरैले उनलाई ‘ह्यान्डसम भिलेन’ पनि भन्छन् ।

अनुपले चलचित्रको पर्दामा धेरै नायिकासँग रोमान्स गरिसकेका छन् । अब, उनी पहिलो पटक नायिका नम्रता श्रेष्ठसँग काम गर्ने तयारीमा छन् । चलचित्र ‘पर्व’मा काम गरिसकेपछि नायिका नम्रता श्रेष्ठलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । त्यसपछि, नम्रताले नयाँ चलचित्र साइन गरेका खबर पनि सार्वजनिक भएका थिएनन् ।

तर, नम्रता नयाँ चलचित्र ‘जाइरा’का लागि तयारीमा लागेको वुझिएको छ । यो चलचित्र बक्सिङको कथामा आधारित छ । जसमा नायक अनुप र नायिका नम्रताको जोडी देख्न पाइनेछ ।

आशुतोष श्रेष्ठले यो चलचित्रको निर्देशन गर्दैछन् । वुझिएनअनुसार, चलचित्रको छायांकन सुरु हुन अझै केहि महिना लाग्नेछ । यहि, चलचित्रका लागि तयारी गरेका कारण नम्रता लाइमलाइटबाट पर बसेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment