+
+

गरिमा विकास बैंकले १५ प्रतिशत बोनस शेयर बाँड्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २९ गते ११:२०


२९ पुस, पोखरा । गरिमा विकास बैंक लिमिटेडको ११ औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा भएको छ । बंैकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न साधारणसभाले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सर्वसाधारण शेयरधनी समूह तर्फबाट सञ्चालक समितिमा रिक्त २ जना सञ्चालकमा डा.भूपेन्द्रबहादुर खड्का क्षेत्री र संजीव ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले मर्जर तथा एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेकोे छ ।

२ अर्ब २० करोड ४२ लाख ४३ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ८० हजार पुगेको छ ।

साधारण सभाको लागि २०७४ पुस १४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७४ पुस १३ गतेसम्म कायम विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटीएम सञ्चालनमा छन् । बैंकले छिट्टै प्रदेश नम्बर १ का मोरङ, झापा र सुनसरी गरी १० वटा शाखा कार्यालय स्थापना गर्दैछ ।

विकास बैंकले हाल करिब १७ अर्ब २० करोेड निक्षेप संकलन गरी १५ अर्ब ७० करोड कर्जा लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?