Comments Add Comment

मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन

२९ पुस, सप्तरी । मधेस आन्दोलनको छानविन प्रतिवेदन बुझाएको लामो समय दिन हुँदा पनि सरकारले सार्वजनिक नगरेको भन्दै सप्तरीमा प्रदर्शन गरिएको छ ।

मधेस-थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सप्तरीको भारदहमा शनिबार प्रदर्शन गरिएको छ । पीडित संघर्ष समितिद्वारा प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रदर्शन र कोणसभाको आयोजना गरिएको छ ।

भारदहको मुख्य चोकबाट निकालिएको बिरोध जुलुस पोर्ताहा बजार हुँदै कंकालिनी मन्दिरसम्म पुगेर पुनः भारदह चोकमै आई कोणसभाको आयोजना गरियो ।

कोणसभामा बक्ताहरुले सरकारले प्रतिवेदन सार्वजनिक नगरी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । अधिबक्ता मोहन कर्णले सरकारले अबिलम्ब यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । उनले मधेश आन्दोलनमा भएका घटनाका पीडितहरुलाई चुप लागेर बस्न नहुने र दवावमूलक कार्यक्रमहरु जारी राख्नुपर्ने बताए ।

कांग्रेसका नेता उमेश मिश्रले सरकारले यो प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई सार्वजनिक गरी कार्वाही गर्नुपर्ने बताए । यसअघिको मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी सरकारले दोषीलाई बचाएको भन्दै दुबै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।

अधिकारकर्मी रणधीर चौधरीले सरकारले अबिलम्ब प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment