Comments Add Comment

रिलिज अगावै ‘सत्रु गते’ले कमायो १ करोड ११ लाख


चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् ।

हाइलाइट्स नेपालले ९५ लाखमा चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स खरिद गरेको थियो । हाइप बनाएका चलचित्रलाई वितरकले एमजी (मिनिमम ग्यारेन्टी) पनि दिन थालेका छन् ।

यसैविच, चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सत्रु गते’लाई ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको छ । ओएसआर डिजिटल कम्पनीले चलचित्रको डिजिटल र ओभरसिज राइट्स महंगो रकममा किनेको वुझिएको छ ।

ओएसआरले १ करोड ११ लाखमा यो चलचित्रको डिजिटल र ओभरसिज राइट्स किनेको वताइएको छ। ययसँगै ‘सत्रु गते’ सर्वाधिक महंगो रकममा विक्री हुने चलचित्र समेत बनेको छ ।

ओएसआरका प्रमुख ओम अग्रवालले अनलाइनखबरसँग भने-‘हामीले डिजिटल राइट्स किनेका हौं । ओभरसिजमा चलचित्र किन्ने अन्य केहि साथीहरु हुनुहुन्छ । यसैले, सबै हिसाब निकालेर मात्र कतिमा किनेको हो भन्न सकिन्छ ।’

उनले ओएसआरले डिजिटल राइट्स १४ लाखमा किनेको बताए ।

तर,  ‘सत्रु गते’को निर्मातालाई भने ओएसआरले नै सबै रकम वुझाउने बताइएको छ । किरण केसी निर्माता रहेको चलचित्रलाई महसंचारले प्रस्तुत गरेको हो ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ । प्रदिप भट्टराइले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment