Comments Add Comment

निसानले नेपालमा सार्वजनिक गर्‍यो ‘न्यू टेरानो’

१ माघ, काडमाडौं । नेपालको लागि निसान ब्राण्डका गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले विश्वब्यापी लोकप्रिय गाडी ‘न्यू टेरानो’ सार्वजनिक गरेको छ ।

जसमा २२ नयाँ आकर्षक बिशेषताहरु छन् । टेरानोले स्मार्ट र वोल्डको अनुभूति ग्राहक वर्गलाई दिलाउँछ । शानदार बनोटका साथै यस गाडीका आन्तरिक सजावट अतुलनीय छ ।

आजकलको यूवा पुस्तालाई लक्षित गरी सडकमा बोल्ड रुपमा उपस्थिति जनाउन एसयूभीले युवा वर्गका इच्छालाई आत्मासात गरेको छ ।

न्यू टेरानो-एक्सएलपीको मूल्य ४२ लाख ९९ हजार र डिजेल इन्जिनयुक्त एक्सभीडीको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ । अहिले सुरुवात समयमा काठमाण्डौ उपत्यका बाहिर आठ वटा स्थानबाट बिक्री वितरण गरिने छ ।

यो गाडी सार्वजनिक कार्यक्रममा शारदा ग्रुपका निर्देशक सन्दिप शारदाले भने, ‘ग्राहक वर्गहरुको इच्छा र मुल्य मान्यतालाई पूरा गर्ने हाम्रो प्रतिवद्धता द न्यू निसान टेरानोले पूरा गर्ने छ ।’

विश्व प्रख्यात निसान एसयूभीले एकदमै नयाँ आन्तरिक अत्याधिक स्पेस र स्मार्ट बिशेषताहरु सहित सडकमा बोल्ड उपस्थिति जनाउने छ । यसमा भएको स्मार्ट र बोल्ड विशेषताहरुले ग्राहकवर्गको ड्राइभिङ आरामदायी, सजिलो र रोमान्चक बनाउने उनले बताए ।

न्यू टेरानोमा पि्रमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रीन नेभिगेसन सिस्टम, स्टिेरिङ माउण्टेड अडियोरफोन कन्ट्रोल, वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साईड विन्डो र न्यू स्टेरिङ व्हिल डिजाइन सहितका २२ नयाँ विशेषताहरु छन् । सबै विशेषताहरुको संयोजनले ड्राइभिङको अनुभव थप आरामदायी र रोमान्चक बनाउँछ ।
नेपाल लगायत सार्क देशहरुलाई लक्षित गरी दुबै शहर र वाहिरका अप्ठ्यारा बाटो समेतलाई ध्यान दिई निसान ग्लोबलले बनाएको एसयूभीको निसान टेरानो एक उदाहरण हो ।

 

न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभमा पनि उपलब्ध छ । जसमा गियर सिस्टम कम्प्यूटरद्वारा नियन्त्रण गरिन्छ र यसले शहरको ट्राफिक होस् वा हाइवे सबैतिर एकदमै आनन्दको ड्राइभिङ अनुभव दिन्छ ।

न्यू निसान टेरानो कार विभिन्न थरीमा उपलब्ध छन् र यी एकदमै प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरीएको छ, जुन आˆनो तहको गाडीमा एकदमै आकर्षक मूल्य भएको कम्पनी बताउँछ ।

निसान टेरानो एकदमै उत्कृष्ट इन्जिनियरिङ तथा आकर्षक र बलियो डिजाइनमा निर्माण गरिएको छ । यसमा उपलब्ध सुबिधा र यसको बनावटले जुनसुकै किसिमको सडकमा पनि आरामदायी यात्रा गर्न सकिन्छ ।

यो गाडीमा २०५ मिलिमिटरको उच्च ग्राउण्ड क्लिरेन्स, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मिटरको टर्निङ रेडियस र १९.६४ किमिरप्रतिलिटर सम्मको इन्धन खपतले गर्दा नयाँनिसान टेरानोमा सुनमा सुगन्ध थपिदिएको छ ।

उत्पादक कम्पनी निसान मोटरले १ वर्ष अथवा २०,००० किमिको वारेन्टी उपलब्ध गराए पनि नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले थप २ वर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको छ ।

पायोनियर मोटो कर्पले ठूलो लगानीमा ललितपुरको खुमलटारमा अत्याधुनिक सुबिधा सम्पन्न सर्भिस सेन्टर विस्तार गरेको छ भने उपत्यका वाहिर १२ वटा स्थानबाट थ्रीएस सेवा सुबिधा उपलब्ध गराउने छ ।

‘भारतमा २०१३ देखिनै निसान टेरानोले कम्पनीको क्ग्ख् को रुपमा स्थापित रहेको छ । न्यू निसान टेरानोमा भएका विशेषताहरु र सडकमा यसको वोल्ड उपस्थितिले गर्दा यसले आफ्ना तहका अन्य गाडीभन्दा आफुलाई पृथक पृष्ठभूमिमा स्थापित गर्न सफल भएको छ,’ सारदा ग्रुपका निर्देशक सन्दिप सारदाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment