Comments Add Comment

मन्दिर परिसरमा महिलाको शव फेला


३० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित भुवनेश्वर मन्दिर परिसरमा एक महिलाको शव फेला परेको छ ।

परिचय नखुलेको अन्दाजी ३५ वर्षकी महिला अपराह्न मृत अवस्थामा मन्दिर परिसरमा फेला परेको बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख अनिरुद्र भुजेलले जानकारी दिए ।

उनको शरीरमा चोट देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment