Comments Add Comment

साञ्चेजलाई भित्र्याउने दौडबाट सिटी बाहिरियो

१ माघ, काठमाडौं । म्यानचेष्टर सिटी फर्वाड एलेक्स साञ्चेजलाई अनुवन्ध गर्ने दौबाट बाहिरिएको छ ।

मूल्य महंगो भएको भन्दै क्लबले सान्चेजलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हट्ने निर्णय लिएको हो । यसमा प्रशिक्षक पेप ग्वार्डिओलासहित सबै सहमत भएका छन् ।

साञ्चेजले मागेको तलब आफ्ना स्टार खेलाडीहरुको भन्दा बढी भएकाले सिटीले यो निर्णय लिएको अनुमान गरिएको छ ।

म्यानचेष्टर सिटीको निर्णयसँगै म्यानचेष्टर युनाइटेडलाई केही सहज भएको छ । यद्यपि पछिल्लो समय चेल्सीले पनि उनलाई भित्र्याउने इच्छा देखाएको बुझिएको छ ।

आर्सनलले चिलीका इन्टरनेशनल फर्वाड साञ्चेजका लागि ३५ मिलियन पाउण्ड लिन चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment