 ३ माघ, चितवन । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने भएको छ ।
३ माघ, चितवन । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने भएको छ ।
माघे संक्रान्तिको अवसरमा पुस २९ गतेबाट खुल्ला रहेको सडकखण्ड बुधबार राति १० बजेबाट विहान ४ बजेसम्म बन्द हुने भएको हो ।
यसअघि गत पुस १८ गतेबाट रातिमा सडक बन्द गरी निर्माणको काम सुरु गरिएको थियो ।
माघे संक्रान्ति मेलामा देवघाट दर्शनका लागि आउने भक्तजनहरुको सुविधालाई ख्याल गरी पुस २९ देखि माघ २ गतेसम्म सडक सुरु गरिएको थियो ।
अब पुनः राति काम सुरु हुने भएकोले सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
सम्झौता मिति सकिन एक महिना मात्र बाँकी हुँदा आयोजनाको काम ६८ प्रतिशत सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4