Comments Add Comment

अध्ययन भन्छः रोबर्टले मानिसका सबै जागिरहरू कब्जा गर्दैनन्

मेसिन लर्निङ कम्प्युटर सिस्टमले धेरै कार्यहरुमा मानिसलाई विस्थापित गर्ने हैसियत राख्दछ तर यस्ता रोबोटले मानिसका सबैखाले जागिरहरु कब्जा गर्ने सम्भावना चाहीँ नरहेको अध्ययनले देखाएको छ ।

अमेरिकाको कार्निगे मेलोन विश्वविद्यालय र म्यास्याच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले विभिन्न २१ वटा मापदण्डमा विभिन्न काम तथा जागिरहरु मेसिन लर्निङका लागि जिम्मा दिन सकिन्छ की सकिँदैन भन्ने विश्लेषण गरेका थिए ।

‘यद्यपि मेसिन लर्निङको आर्थिक प्रभाव तुलनात्मक रुपमा सिमित छ र हामीहरु जागिरको अन्त्य भएको अवस्थामा पुगिसकेको छैन तर अर्थतन्त्र र जनशक्तिमा यसले पार्न थालेको प्रभाव चाहीँ गम्भीर छ’, शोधकर्ताहरुले भनेका छन् ।

शोधकर्ताहरुका अनुसार मेसिन लर्निङको प्रभाव बढिरहँदा आफ्नो सीपको विकास गर्ने जनशक्ति तथा लगानीमा बढोत्तरी गर्ने व्यवसायहरु मात्र अस्तित्वमा रहन सक्ने शोधकर्ताहरुको ठम्याई छ ।

शोधकर्ताका अनुसार मानिस-मानिसबीच प्रत्यक्ष सम्पर्कको आवश्यकता पर्ने कार्यहरु जसलाई अटोमेसनमा लग्न सकिँदैन त्यस्ता जागिरहरु गर्ने मानिसहरुको जागिर झनै मूल्यवान हुँदै जानेछ । जबकी अत्यधिक डाटाका आवश्यकता पर्ने खालका जागिरहरुमा चाहीँ मानिसलाई रोबोट वा मेसिन लर्निङ सिस्टमले विस्थापित गर्नेछन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment