Comments Add Comment

पीएसजी भर्सेज मड्रिड : एउटा शिखरमा, अर्को रसातलमा

३ माघ, काठमाडौं । रियल मड्रिड र पेरिस सेन्ट जर्मन  (पीएसजी) च्याम्पियन्स लिगको अन्तिम १६ मा भिड्नुअघि दुई क्लबहरुबीचको अन्तरबारे फुटबल जगतमा बहस भइरहेको छ ।

यिनीहरु एउटै सौर्य प्रणालीका अंग हुन् वा अत्यन्तै टाढा रहेका दुई भिन्न आकाश गंगाहरुसँग सम्वन्धित छन् भनेर फुटबल पण्डितहरुले पहिल्याउन सकेका छैनन् ।

१४ फेब्रुअरीमा इस्टाडियो सान्टियागो बेर्नाबेउमा आमनेसामने हुन लागेका दुई टोलीको अंक तथा तथ्यांकमा ठूलो ‘ग्याप’ देखिन्छ । पीएसजी गोल हान्नमा अगाडि छ भने यसको खतरनाक आक्रमण पंक्ति लोस ब्लाङ्काेसका लागि ठूलो चुनौती हुनेछ ।

सिक्काको अर्को पाटोमा, यूरोपको च्याम्पियन अहिले आपतकालमा छ र संकटको अवस्थाबाट गुज्रिरहेको छ । ला लिगा व्यवहारिक रुपमा असम्भव र हातबाट फुत्किसकेको अवस्थामा च्याम्पियन्स लिगको उपाधिले मात्र उसको गिरेको साख फिर्ता ल्याउन सक्छ ।

ला लिगामा स्पेनिस महाशक्तिले अंकतालिकाको चौंथो स्थानमा, बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेर घिसि्ररहँदा नेइमारको पीएसजीले लिग वानमा निरन्तर दबदबा कायम गरिरहको छ । यस फ्रेन्च क्लबले उपलब्ध ६० अंकमध्ये ५३ अंक हासिल गरेको छ, जसमा केवल दुई बराबरी र एक पराजय सामेल छन् । मोनाको र लियोनभन्दा यो ११ अंकले अगाडि छ ।

पीएसजीको प्रभूत्व र लयले मड्रिडसँग प्रतिस्पर्धा गरिरहँदा उसलाई दावेदार बनाउनु स्वभाविकै हो । अर्कोतर्फ मड्रिड भने प्रतियोगिताको अर्को संस्करणमा आफ्नो स्थान सुरक्षित गर्न लडिरहेको छ ।

यिनीहरुबीचको फरक ला लिगामा मात्रै झल्किएन, यूरोपियन प्रतिस्पर्धामा पनि छचल्कियो । समूह चरणमा २५ गोलसहित पएसिजीले नयाँ रेकर्ड कायम गर्‍यो भने बायर्न म्यूनिखलाई उछिनेर उनीहरुले पहिलो स्थान कब्जा गर्‍यो ।

अर्कोतर्फ प्रतियोगितामा अनुभवहीन टोटेनहृयामरसँग हारिसकेपछि रियल मड्रिड दोस्रो स्थानमा रहृयो । जिनेदिन जिदानको टोली फुयन्लाब्राडा र नुमेन्सीयाविरुद्ध जित हासिल नगरे पनि कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । अर्कोतर्फ फ्रेन्च क्लबले तुफानी शैलीमा कप र लिग कप जितेको थियो ।

दुईवटा क्लबबीच तुलना गरिरहँदा उनीहरुको अग्रपंतिका तीन खेलाडीहरुको चर्चा नगरी धरै छैन । किनकी दुवै टिमका लागि उनीहरु निर्णायक हुन् ।

एक समयको प्रख्यात तर, अहिले झण्डै बिर्सिएको ‘बीबीसी’ ले आफ्नो क्षमताअनुरुप खेल देखाउन सकेका छैनन् ।

क्रिस्टियानो रोनाल्डोले सबै प्रतिस्पर्धाहरुमा १६ गोल गोल गरेका छन् भने ३ पास मिलाएका छन् । गारेथ बेलले ७ गोल र पाँच पास मिलाएका छन् भने करिम बेन्जेमाले पाँच गोल र तीन पास मिलाए । समग्रमा बीबीसीले २८ गोल गरेको छ भने ११ गोलका लागि पास मिलाएका छन् । अर्कोतर्फ पीएसजीका ‘त्रिशुल’ ले ५९ गोल हानेको छ भने ३१ वटामा पास मिलाएको देखिन्छ ।

दुई टिमहरुबीचको सबैभन्दा ठूलो अन्तराल सम्भवत नयाँ अनुवन्धन नै हुनुपर्छ । पीएसजीले दुई अत्यन्त महंगा खेलाडीहरु नेइमार र ए्बाप्पेलाई अनुवन्ध गरेर फुटबल जगतलाई नै आश्चर्यमा पारिदिएको थियो । दुवैले अहिले धमाकेदार प्रदर्शन गरिरहेका छन् । डेनी एल्भेसको प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण छ ।

मड्रिडको अवस्था अर्कै छ । यसले भित्र्याएका नयाँ खेलाडीहरुले लाइनअपमा आफूलाई स्थापित गराउन सकेका छैनन् भने जिदानले अहिले पनि अघिल्लो सिजनकै ११ जना उतारिरहेका छन् । एल्भारो मोराटा, जेम्स रोड्रिगेज, पेपे र डानिलोको बहिगर्ममसँग रियल मड्रिड थप कमजोर बनेको छ ।

फरक वातावरण

पीएसजीमा सबै कुरा शान्त र स्थिर छ । नेइमार र उनको कम्पनी सफलताका भोका छन् र विशेषतः च्याम्पियन्स लिगमा उच्च अपेक्षा पूरा गर्न आतुर छन् ।  तर, मड्रिडमा निराशाको माहोल छ । खेलाडीहरुबीचको एकता भत्किएको छैन तर कुनै पनि कुराले साथ नदिँदा उनीहरुमा स्वभाविक रुपमा चिन्ता बढेको छ ।

– मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment