Comments Add Comment

जाडो प्रभावितहरुलाई कम्बल बाँड्दै एनआरएन दुबई

१७ जनवरी, दुबई । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति दुबईले जाडो प्रभावित नेपालका तराईवासीका लागि न्यानो कम्बल वितरण गर्ने अभियान यूएईबाट सुरु गरेको छ ।

राहत संकलनमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्व तथा सर्वसाधारण नेपालीहरुले उत्साहपूर्वक सहभागिता रहेको छ ।

‘एनआरएन दुबई क्षेत्रीय समितिको सात दिने अभियान, जाडोमा तराईबासीहरुलाई कम्बल वितरण’ कार्यक्रममा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुले स्वतस्फूर्त सहयोग गरिरहेको एनआरएन दुबई क्षेत्रीय समितिका अध्यक्ष मदन अधिकारीले जानकारी दिए ।

अभियान थाल्दा एक सय कम्बल वितरण गर्ने योजना भए पनि उत्साहजनक सहभागिता जुटेका कारण यो अभियान अलि बृहत् हुने अध्यक्ष अधिकारीले बताए ।

तराईका शीतलहर प्रभावित जिल्ला सप्तरी, सुनसरी लगायतका जिल्लाका गरिब, बिपन्न तथा विगतमा बाडीपीडित तराईवासीको पहिचान गरी कम्बल वितरण गर्न एनआरएनए दुबईले यूएईमा एक हप्ते आर्थिक संकलन अभियान सन्चालन गरेको हो भने आठौं दिन आगामी माघ ८ सोमबार करिब ३ सयभन्दा बढी पीडितहरु समक्ष कम्बल वितरण गर्ने समितिको लक्ष्य रहको छ ।

अभियानलाई व्यापक बनाउन यूएईमा रहेका मनकारी सामाजिक अभियन्ताहरुले सहयोग रकमको प्रतिबद्धता गरेको र उक्त सहयोगको पारदर्शिता तथा प्रभावकारिताको लागि एनआरएन दुबईको सामाजिक सञ्जालहरुमार्फत् सार्वजनिकीकरण समेत गरिएको छ । जसमा अहिले सम्म ८५ जना भन्दा धेरैले सहयोग गर्ने प्रतिबद्धता गरेको अध्यक्ष अधिकारीले बताए ।

योे अभियानलाई समर्थन गर्दै एनआरएन राष्ट्रिय समन्वय समितिले पनि सक्दो सहयोग गर्ने एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

विपन्न वर्गका मानिसहरुलाई कम्बल वितरण गर्न सहयोग गर्ने सबै चन्दादाताहरुलाई क्षेत्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment