Comments Add Comment

गायन प्रतिभाको खोजी गर्न सुर्खेतमा प्रदेशस्तरीय आइडल

४ माघ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर मा पहिलो पटक गायन प्रतिभाको खोजिका लागि ‘प्रदेशस्तरीय आइडल’ हुने भएको छ ।

प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पीएसडी) वीरेन्द्रनगरको नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रदेशस्तरीय आइडल’ प्रतिस्पर्धा हुन लागेको हो ।

पीएसडीका प्रवन्ध निर्देशक प्रेमकुमार विसीकाअनुसार प्रदेशनम्वर ६ भित्रका विभिन्न जिल्लामा रहेका गायन प्रतिभालाई प्रस्फुटित गराउनका लागि फागुन दोश्रो सातादेखि आइडल सुरु हुनेछ ।

प्रदेशनम्वर ६ का विभिन्न जिल्लामा फरकफरक कला संस्कृति रहेको र त्यस्ता कला संस्कृतिलाई प्रतिस्पर्धामार्फत् उजागर गराइने उनले बताए ।

आइडल विजेताले १५० सीसीको स्टाडर्ट वाइक र नगदसहित गीत रेकर्डिङ्गको अवसर पाउने छ । टप् फाइभभित्र पर्नेलाई आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment