Comments Add Comment

अत्तरिया–मोहना सडक विस्तार रोकिएको विरोधमा धनगढी बन्द

जनप्रतिनिधिसहित १ दर्जन पक्राउ


५ माघ, कैलाली । अत्तरिया–मोहना ६ लेन सडक बिस्तार रोकिएको विरोधमा शुक्रबार धनगढी बन्द गरिएको छ । बन्दमा सहभागी भएका जनप्रतिनिधिसहित एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्तरिया–मोहना ६ लेन सडक बिस्तारको विरोधमा १३ जना घरधनीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ जारी गरेपछि हाल सडक बिस्तारको काम रोकिएको छ । विकासको काम रोकिन नहुने भन्दै ‘धनगढी युवा दबाव समूह’को अगुवाईमा शुक्रबार बन्द आह्वान गरिएको हो ।

बन्दमा सहभागी भएको भन्दै प्रहरीले धनगढी उपमहानगरपालिका ३ का वडाअध्यक्ष बलबहादुर ऐरसहित एक दर्जनलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बजार पूरै बन्द छ भने लामो र छोटो दुरीका गाडी पनि चलेका छैनन् । मोटरसाइकल र अत्यावश्यक सेवाका गाडीहरु भने चलिरहेका छन् ।

‘धनगढी युवा दबाव समूह’को नाममा बन्द आह्वान गरिएपनि यसमा सबै राजनीतिक दल र संगठनहरुले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment