Comments Add Comment

बेलायतमा साम्राज्ञी र धिरजको रोमान्टिक मुड


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसाका कारण तनावमा रहेकी निर्देशक रेनशा वान्तवा राई अहिले भने दंग छिन् । कारण, दोश्रो पटक साम्राज्ञी भिसा पाएर बेलायत पुगिन् । साम्राज्ञी बेलायत पुगेपछि लामो समयदेखि रोकिएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनमा रेनशा व्यस्त भइन् ।

यो चलचित्रको ७५ प्रतिशत छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । नेपालको सबै छायांकन सकिएको यो चलचित्रको यूकेको पहिलो सेड्यूल पनि सकिएको जानकारी मिडियालाई दिइएको छ । साथै, निर्माणपक्षले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगरका रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेको छ । जुन, यूकेमा खिचिएको हो ।

चलचित्रको बाँकी २५ प्रतिशत छायांकन वैशाखमा यूकेमै गरिनेछ । पहिलो तालिका अनुसार डिसेम्बरमा यूके फेस्टिभ सिजनका दृश्यहरु खिचिएको छ । प्रज्ज्वल शमशेर राणा र रेनशाकै कथा रहेको चलचित्रमा साम्राज्ञी र धिरजका साथमा सारुक ताम्राकारको मुख्य भूमिका छ ।

आइ कोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जवरा हुन् । चलचित्रमा अभिमन्यू दिक्षित र रेनशाको लेखन छ । आभाष कर्माचार्यको संवाद रहेको चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, टिसूजिल कर्मचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment