Comments Add Comment

सलोन र सारालाई लिएर सुव्रत बनाउँदैछन् ‘सुश्री सम्पत्ती’


नायक सलोन बस्नेत एक सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्रमा मुख्य नायकको रुपमा अनुवन्धित भएका छन् । उनको साथमा नायिका साराले चलचित्रमा काम गर्नेछिन् ।

चलचित्र ‘अधकट्टी’ निर्देशन गरेका रंग पत्रकार सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रको नाम ‘सुश्री सम्पत्ती’ राखिएको छ । यो चलचित्रमा सलोन बस्नेत, सारा, विनोद न्यौपाने, प्रमोद अग्रहरि, विशारद बस्नेत, राजाराम पौडेल, प्रेमबर्षा खड्का र रोशनी कार्की मुख्य भूमिका रहनेछ ।

चलचित्रको निर्माण रमेश त्वयनाले गर्दैछन् । चलचित्रमा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुने निर्देशन सुव्रतराज आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment