Comments Add Comment

वुद्दिलाई लिएर ‘डिट्ठा साब’ बनाउँदैछन् ‘चङ्गा’


‘डिट्ठा साब’ नामले परिचित कलाकार किशोर भण्डारीको निर्देशनमा चलचित्र ‘चङ्गा’ निर्माण हुने भएको छ । काठमाण्डौमा यो चलचित्रको पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ ।

रिश्मा तिमिल्सिना यो चलचित्रकी निर्मात्री हुन् । यो चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण हुनेछ । चलचित्रमा वुद्दि तामाङ, राजन खतिवडा, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रको कथा किशोरले नै लेखेका हुन् । चलचित्रमा रविन आचार्यको छायांकन, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेनछ । चलचित्रको प्रदर्शन मिति जेठ ११ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment