+
+

प्रदेश ३ का ‘सभामुख’ भन्छन्- स्थानीय तहलाई नै बलियो बनाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १५:१७


७ माघ, हेटौंडा । डोरमणि पौडेलले लामो समय स्थानीय निकायमै काम गरे । हेटौंडाको मेयरका रुपमा दुई कार्यकाल बिताए र त्यसपछि नगपालिका संघको नेतृत्व लिएर १६ वर्षसम्म स्थानीय निकायको लागि आवाज उठाए ।

तिनै पौडेलले बिहीबारबाट राजनीतिक जीवनमा फरक भूमिका निर्वाह गरे, प्रदेशसभा सदस्य । अझ प्रदेश ३ को जेष्ठ सदस्य भएकाले सभामुख चयन नहुँदासम्म सभामुखको भूमिका पनि उनले नै निभाउनेछन् ।

पौडेलले १०९ प्रदेशसभा सदस्यलाई सपथ खुवाएर त्यसको सुरुवात गरेका छन् ।

सपथग्रहण गराएपछि अनलाइनखबरसँगको कुराकानीमा पनि पौडेलले स्थानीय तहकै अधिकारको कुरा उठाए । ‘प्रदेशको अधिकारबारे त अझै ४०/५० वटा कानुन बन्न बाँकी छ’ उनले भने, म त अझै पनि तल्लो तहसम्मै अधिकार जाओस् भन्नेमा छु । प्रदेशसभा सदस्य भए पनि म स्थानीय तहलाई नै सबैभन्दा बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।’

उनले केन्दि्रकृत शासन प्रणालीलाई विकेन्द्रीकरण गर्न लागू भएको संघीयताको सफलता प्रदेश सरकार र स्थानीय तहलाई बलियो बनाए मात्र सफल हुने बताए ।

जनतासँगै बसेर र उनीहरुसँगै जोडिएर काम गर्नेहरुले बढी अधिकार पाउँदा त्यसले देशलाई दीर्घकालीन लाभ मिल्ने उनको तर्क छ । ‘म प्रदेशसभा सदस्य भएपनि स्थानीय तहको अधिकारका लागि बोल्न छा्डिदन,’ पौडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?