+
+

आपका २० विधायक अयोग्य घोषित, दिल्ली सरकारलाई झड्का

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १६:०५


७ माघ, काठमाडौं । आम आद्मी पार्टी (आप)का २० विधायक अयोग्य ठहर भएका छन् । यो दिल्ली सरकारका लागि ठूलो झड्का मानिएको छ ।

चुनाव आयोगले दिल्ली विधानसभाका आपका २० विधायकलाई अयोग्य ठहर गर्न सिफारिस गरेको थियो, जसलाई राष्ट्रपतिले स्वीकृत गरेको छ ।

लाभको पदमा रहेर चुनाव लडेको भन्दै आयोगले अयोग्य ठहर गर्न सिफारिस गरेको थियो ।

दिल्ली विधानसभाको ७० मध्ये ६६ सिट आपले जितेको थियो । अब २० विधायक अयोग्य ठहर भएपछि ४६ मा भरेको छ । तर, मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारसाग आवश्यक बहुमत भने रहनेछ ।

आपका नेताहरुले चुनावमा जानु अघि अदालतमा जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?