Comments Add Comment

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत रिलिज, नीताको आइटम डान्स


नायिका नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीताले आइटम नृत्य गरेकी छिन् । नीतालाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
पत्रकार सम्मेलनमा उपस्थित नीताले गीत मन परेकाले आफूले काम गरेको बताइन् ।

कार्यक्रममा नीता र केकीले एक अर्काको कामको प्रशंसा पनि गरेका थिए । झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत छ । विक्रम स्वाँरले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment