Comments Add Comment

सरकारले भन्योः वीरगञ्जमा भारतले सीमा मिचेको छैन

७ माघ, काठमाडौं । नापी विभागले वीरगञ्जको सिर्सिया नदी सीमा क्षेत्रमा भारतले नेपाली भूमि नमिचेको स्पष्टीकरण दिएको छ ।

नयाँ सीमा स्तम्भ गाड्ने क्रममा भारतीय पक्षले नेपाली भूमि मिचेको खबरहरु आएपछि त्यसको विरोध भइरहेको छ ।

तर, नापी विभागले भने दुई देशको सहमतिमा नै सीमा निर्धारण भएको बताएको छ ।

सुगौली र त्यसका पुरक सन्धी सम्झौताका आधारमा सीमा निर्धारण गरिएको भन्दै विभागले भनेको छ, सुगौली लगायतका सन्धी सम्झौता पश्चात तयार गरिएको सीमा नाक्साहरुमा कायम भए बमोजिम नै नदी सिमाना क्षेत्रको सिमाना कायम गर्ने कार्य भएको हो ।’

यसो गर्दा कम्तिमा १०० वर्षभन्दा बढीको अन्तरालमा प्राकृतिक रुपमा नै नदीको बहाव परिर्वतन भएर स्थानीय तहमा सीमाको बुझाई र तत्कालीन समयमा रहेको नदीको बहावको अवस्थाले नेपाली भूमि भनि बुझिएको जग्गा भारततर्फ र भारतको भनी बुझिएकोजग्गा नेपालतर्फ पर्ने अवस्था सृजना हुन गएको नापी विभागले बताएको छ ।

२०२२ देखि ३५ सालसम्म कित्तानापी भई नदी किनारासम्म भोगचलन गरिएको जग्गाको धनीपूर्जा दिइएको थियो । तर, २०४५ सालपछि स्थिर सीमा सिद्धान्त अपनाउने सहमति भएको भन्दै विभागले भनेको छ, ‘यही कारण सिर्सिया क्षेत्रमा लालपूर्जा उपलब्ध गराइएको केही जग्गा भारतर्फ पर्न गएको हो ।’

यसरी एकअर्कोतर्फ परेको जग्गाको तथ्यांक संकलन भइरहेको पनि विभागले जनाएको छ । तथ्यांक संकलनपछि त्यस्ता जग्गा व्यवस्थापनका लागि बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो सुझाव दिने बताइएको छ ।

यसबारे आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको र यस्ता जग्गाको उचित व्यवस्थापन नहुँदासम्म जोतभोग गर्न दिने नेपाल भारतबीच सहमति भइसकेको जानकारी प्राप्त भएको विभागले जनाएको छ । यसका लागि कूटनीतिक पहल गर्ने र आवश्यक परे क्षतिपूर्ति लगायतको व्यवस्थापन गर्ने देउवाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment