+
+

सिरहाको गोलबजारमा स्वर्ण महोत्सव हुने

यमुना खनाल यमुना खनाल
२०७४ माघ ८ गते १०:१५


८  माघ, लहान । सिरहाको गोलबजार स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा पहिलोपटक स्वर्ण महोत्सव आयोजना हुन लागेको छ । मूल आयोजक समितिका संयोजक राजकुमार श्रेष्ठले महोत्सवबारे आज पत्रकार सम्मेलन गरेर जानकारी गराए ।

संयोजक श्रेष्ठका अनुसार, महोत्सव यही माघ १५ गतेबाट सात दिनसम्म चल्नेछ । गोलबजारको विकास, धार्मिक पर्यटकिय क्षेत्रको विकास र स्थानीय स्तरबाट उत्पादित वस्तुको बजार प्रवद्र्धनलगायत उदेश्यले महोत्सवको आयोजना गर्न लागेको उनले बताए ।

उनले भने, ‘महोत्सवबाट हुने आम्दानी गोलबजार उद्योग व्यापार संघको स्वामित्वमा रहेको अतिथि सदनलाई सहयोग गर्ने निर्णय गरिसकेका छौं ।

महोत्सवमा दुई सय स्टल राखिने र अधिकांश स्टल बुक भइसकेको संयोजक श्रेष्ठले जानकारी गराए । उनले स्टलमा अधिकांश भारत र नेपालका ख्यातिप्राप्त कलेजहरुले बुक गराएको बताए । उनले महोत्सवको मुख्य आकर्षक राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जानकारी दिए ।

महोत्सवमा कलाकारहरु कमल खत्री, सुष्मा कार्की, सुगम पोखरेल, इन्दिरा जोशीलगायतको बजोड प्रस्तुति दैनिक दिउँसो १ बजेबाट साँझ ७ बजेसम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?