Comments Add Comment

झुक्किएर ‘एडल्ट फिल्म’ हेरेँ: वर्षा  शिवाकोटी

काठमाडौं । घामको पहिलो किरण । कसैसँगको पहिलो भेट । पहिलो प्रेम । विवाहको पहिलो अनुभव । मानिसको जीवन यात्रामा यस्ता धेरै ‘पहिलो अनुभव’का स्मृती पत्र पत्र बनेर रहेका हुन्छन् र ति अविश्मरणीय हुन्छन् ।

मेरो जीवनमा पनि ‘पहिलो’ अनुभव अनेक छन् । यतिबेला म सम्झीरहेकी छु त्यो क्षण, जब म पहिलो पटक भद्रपुरवाट काठमाडौं आउँदा प्लेन चढेकी थिएँ । पहिलो पटक खासै डर लागेन । अहिले चाँही प्लेन चढन भनेपछि मेरो सातो जान्छ । ज्वरो नै आउँछ ।

युरोप मेरो पहिलो विदेश भ्रमण थियो । त्यो अनुभव मैले सोचेको भन्दा निकै फरक रह्यो । मलाई लागेको थियो, युरोपका मान्छे राम्रो अंग्रेजी बोल्छन् । त्यस्तो हैन रहेछ । ठाँउ पिच्छे फरक खालको भाषा हुँदोरहेछ । भाषाकै कारण मलाई समस्या पनि भयो ।

कलेजको पहिलो अनुभव पनि सोचभन्दा भिन्न रह्यो । मेरो स्कुल एकदमै टाइट थियो । मैले सुनेकी थिएँ कलेजमा स्कुलभन्दा पि|m हुन्छ । कलेज गएको पहिलो दिनै थाह भयो, त्यहाँ त स्कुलभन्दा पनि कडा अनुशासन रहेछ ।

मैले पहिलो पटक हेरेको फिल्म भनेको ‘करोडपती’ हो । बाबा ममीसँग विश्वज्योती हलमा गएर हेरेकी थिएँ । तर, मलाई त्यसको कथावस्तु थाह छैन, के के भयो । पहिलो पटक ‘एडल्ट फिल्म’ झुक्किएर हेरेकी छु । तर, त्यसबारेमा याद छैन ।

मेरो पहिलो मोबाइल फोन सेट त्यस्तै पाँच सात हजार रुपैयाँको थियो । बाबाले पहिलो पटक नोकियाको मोबाइल पठाइदिनु भएको थियो । मैले पहिलो कल घरमै गरेँ हुँला, याद छैन ।

दुइवर्षअघि पहिलो पटक गम्भीर विरामी परें । फुड पोइजन भएछ । हस्पिटल नै भर्ना भएँ । तैपनि, धेरै दिन बस्नु परेन ।

अभिनयको कुरा गर्दा नेपाल टेलिभिजनवाट प्रशारण हुने ‘इन्द्रेणी’ कार्यक्रममा पहिलो पटक स्टेज प्रस्तुति दिएकी छु ।

पहिलो सुटिङको अनुभव पनि सम्झनलायक छ । पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी थिएँ । गीत डान्सिङ विटको थियो । पुरै नर्भस भइछु ।साथीहरुले राम्रै सहयोग गर्नुभयो । पछि राम्रैसंग काम गरेँ ।

मलाई रक्सिको स्वादै मन पर्दैन । सुटिङकै क्रममा पिएकी छु । चुरोट पनि लप्पन छप्पनको सुटिङको क्रममा तानेँ । तर, मलाई चुरोट तान्नै आएन । त्यहि कारण त्यो दृश्य फिल्ममा राखिएन ।

चार वर्षको उमेरमा पहिलो पटक बर्थ डे मनाएको याद छ । स्कुलका केही साथीहरु प्नि आएका थिए । पहिलो उपहार स्कुलवाटै आएको थियो होला तर,  खासै याद छैन ।

बुबाको निधन हुँदा आर्यघाट गएकी थिएँ । त्यसयता मलाइ पशुपति जानै मन लाग्दैन । मलाई पशुपति आर्यघाट सम्झँदै नरमाइलो लाग्छ । सकेसम्म जान नपरे हुन्थ्योजस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment