Comments Add Comment

राष्ट्रियसभा चुनावका लागि माघ १२ देखि आचारसंहिता लागू

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दै प्रदेश १ का उम्मेदवार

१० माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि माघ १२ गतेदखि आचार संहिता लागू हुने भएको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न माघ १२ गतेदेखि आचारसंहितचा लागू गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

आयोगले सरकारको मन्त्रीदेखि सामुदायिक विद्यालयका शिक्षकसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ । सरकार, मन्त्री, प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि र कर्मचारी, सरकारी कार्यालय र अर्ध सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका सुरक्षाकर्मीलाई आचारसंहिता लागू हुनेछ ।

त्यसैगरी निर्वाचनमा संलग्न कर्मचारी, राजनीतिक दल र भातृ संगठन, उम्मेदवार, पयैवेक्षक, सरकारी र निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी विश्वविद्यालय र सामुदाकि विद्यालयका शिक्षक र कर्मचारीलाई आचारसंहिता लागू हुने आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्तिमार्फत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment