Comments Add Comment

कडा सुरक्षाबीच पद्मावत रिलिज, तर ४ राज्यमा प्रर्दशन हुन सकेन


नयाँ दिल्ली । संजयलिला भंसालीद्वारा निर्देशित फिल्म ‘पद्मावत’ बिहीबारबाट भारतका झण्डै ७ हजार स्क्रिनमा प्रर्दशन सुरु भएको छ ।

राजपूत समुदायको विरोधका कारण सिर्जित तनावले गर्दा कडा सुरक्षाबीच बिहानी सोहरुमा फिल्म प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिनेमाघर सञ्चालकहरुले सुरक्षाको कारण देखाउँदै मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा फिल्म प्रर्दशन गर्न अस्वीकार गरेका छन् ।

प्रशासनले भने फिल्महरुमा सुरक्षा तैनाथि बढाएरै भए पनि फिल्म प्रर्दशनका लागि सहयोग गरिरहेको छ ।

गुडगाउँमा विद्यालयहरु बन्द गरिएको छ । फिल्मको विरोध गरिरहेको समूहले बुधबार त्यहाँ एक स्कुलबसमा आगजनी गरेपछि आज विद्यालय नै बन्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment