Comments Add Comment

रक्तरञ्जित सडकः मध्य क्षेत्रमा साढे तीन वर्षमा २२ सयको गयो ज्यान

११ माघ, बारा । मध्य क्षेत्रका १६ जिल्लामा साढे तीन वर्षयता २२ सय एक जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये दुई सय ५१ बालबालिका छन् ।

आर्थिक वर्ष ०७१/७२ मा आठ सय ७३ वटा सवारी दुर्घटनामा पाँच सय ५७ जनाको मृत्यु भएको थियो । ०७२/७३ मा नौ सय ३७ दुर्घटनामा पाँच सय २५ जनाले ज्यान गुमाए ।

यस्तै, आर्थिक वर्ष ०७३/७४ मा एक हजार ६९ दुर्घटनामा सात सय ३५ ले ज्यान गुमाए । ०७४/७५ को पुस मसान्तसम्ममा पाँच सय ५७ दुर्घटनामा परी तीन सय ८४ जनाको मृत्यु भइसकेको छ ।

दुर्घटनामा पर्नेहरु बढी पुरुष छन् । गत कात्तिकमा मात्र मध्य क्षेत्रमा भएका एक सय ७० वटा दुर्घटनामा ९१ जनाको ज्यान गएको थियो ।

जीर्ण सडक र अत्यधिक सवारी चापका कारण दुर्घटना बढिरहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी सुरेन्द्र मैनालीले बताए । उनका अनुसार अधिकांश दुर्घटनाको कारक चालकको लापरवाही देखिएको छ ।

तीव्र गति, ओभरलोड, यान्त्रिक गडबडी, यात्रुको गल्ती र छाडा चौपाया पनि दुर्घटनाका कारण हुन् ।

सडक व्यवस्थापनमा ध्यान नदिई सरकारले सवारी साधन निर्वाध आयात गर्न दिँदा साँघुरा सडकले धान्ने नसक्ने अवस्था सिर्जना भएको छ ।

मध्य क्षेत्रका चितवन र धादिङमा बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । पछिल्ला ६ महिनामा चितवनमा मात्र एक सय १५ दुर्घटना भए । तिनमा परी ६० जनाको ज्यान गयो ।

यस्तै, धादिङमा सोही अवधिमा ७४ दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको छ । चितवन र धनुषामा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment