Comments Add Comment

बंगलादेशमाथि श्रीलंकाको १० विकेटको जित


११ माघ, काठमाडौं । तीन देशीय श्रृखलामा श्रीलंकाले बंगलादेशमाथि १० विकेटको शानदार जित हात पारेको छ । यससँगै श्रीलंकाले फाइनलमा स्थान बनाएको छ ।

ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगदादेश २४ ओभरमा ८२ रन जोड्दा अलआउट भयो । उसका मुस्पिmकर रहिमले २६ रन बनाए भभने सविर रहमानले १० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका सुरंगा लकमलले ३ विकेट लिए भने दुश्मंथा चेमेरा, थिसरा परेरा र लक्सन सान्डकनले समान २-२ विकेट आफ्नो नाममा लेखाए ।

बंगलादेशले दिएको ८२ रनको लक्ष्य श्रीलंकाले मात्र ११.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । ओपनर उपल थारंगा ३९ र दानुष्का गुनाथिलका ३५ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment