+
+

एयरपोर्टमा भुवन र जियाको लुकामारी !

अनमोल र अदिती उडे स्कटल्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते २३:१५

नायक अनमोल केसी र नायिका अदिती बुढाथोकी अभिनित चलचित्र ‘कृ’ को प्रदर्शनको मिति नजिकिए पनि एउटा गीतको छायांकन भने अझै बाँकी छ । त्यही गीतको छायाँकनको लागि ‘कृ’को टिम शुक्रबार साँझ स्कटल्याण्ड प्रथान गरेको छ ।

स्कटल्याण्ड अनमोल र अदितीसाथै निर्माता द्वय सुवास गिरी र भुवन केसी पनि गएका छन् । टिमसँगै नायिका जिया केसी पनि स्कटल्याण्ड गएकी छिन् । लामो समयदेखि भुवन र जिया प्रेम सम्बन्धमा छन् । जियाको यस फिल्ममा कुनै भूमिका नभएपनि भुवनको साथ लागेर स्कटल्याण्ड घुम्न गएकी छिन् ।

अन्तिराष्ट्रिय बिमानस्थलमा केही संचारकर्मीले पछ्याएपछि भुवनसँगै उभिएकी जिया लजाउँदै भाग्न खोजेकी थिइन्, तर भुवन आफैले बोलाएर मिडियासामु उभ्याएर सहज वातावरण बनाए ।

‘मैले जानी नजानी’ बोलको गीतको छायांकन स्कटल्याडका रोमान्टिक ठाउाहरुमा गरिने छ । गीतको सुटिङ सकेर टोली माघ १७ गते नेपाल र्फकने छ । ‘कृ’ यही माघ २६ गतेबाट प्रदर्शन हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?