+
+

धनुषामा गाडी दुर्घटना, ६ को मृत्यु, ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १३ गते ८:१६

१३ माघ, जनकपुर । धनुषाको गणेशमान चारनाथ ८ पोर्ताहामा शनिबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु चार जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट झापा जान लागेको बा ९ च ३३१४ नम्बरको गाडी सडक किनारको पोखरीमा डुबेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहका अनुसार मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि ६ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा नम्बर ९ का नयाराज जिमी छन् ।

घाइतेहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना शनिबार बिहान साढे २ बजेतिर भएको थियो  । अधिकांश यात्रुको पोखरीको पानीमा डुबेर मृत्यु भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?