Comments Add Comment

मनाङलाई हराउँदै थ्रीस्टारले जित्यो इटहरी गोल्डकप

१३ माघ, काठमाडौं । चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै थ्रीस्टार क्लबले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा थ्रीस्टारले मनाङमाथि १-० गोल अन्तरको जित निकालेकोहो ।

इटहरीमा भएको खेलमा थ्रीस्टारले ३७ औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । उनले बिमल घर्ती मगरको पासमा गोल गरेका थिए । तर, मनाङ खेलमा र्फकन उकेन र बुद्धको गोल नै निर्णायक बन्यो ।

जितसँगै थ्रीस्टारले उपाधिसँगै १२ लाख रुपैयाँ हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment