+
+

प्रदेश ३ एकता समाज युएई गठन

 रामप्रसाद ढुंगेल रामप्रसाद ढुंगेल
२०७४ माघ १४ गते १०:०२

युएई । समाजसेवाको उद्देश्य लिएर युएईमा क्रियाशील नेपालीहरु नेपालको संघीय स्वरुपअनुसार संगठित भएका छन् । प्रदेश ३ एकता समाज युएई नामको प्रदेशस्तरीय सामाजिक संस्था गत जनवरी २६ शुक्रबारका दिन दुबईमा प्रथम अधिवेशन गरी विधिवत रुपमा स्थापना भएको छ ।

विगत १२ वर्षदेखि युएईका कार्यरत सामाजिक अभियन्ता, धादिङ समाज यूएईका पूर्वअध्यक्ष भीम अधिकारीको अध्यक्षतामा प्रदेश नम्बर तीनस्तरीय समाज गठन भएको हो ।

प्रदेश नम्बर तीनमा १३ वटा जिल्ला रहे पनि युएईमा उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने आठ वटा जिल्लास्तरीय समाज एकताबद्ध भएका छन् । सामाजिक कार्य तथा नेपालको आर्थिक, सामाजिक, भौतिक तथा समग्र सुखदुःखमा साथ दिने लक्ष्यका साथ संगठित भएको नवगठित समितिका अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीका अनुसार नवगठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे समाज युएई, नवाकोट त्रिशूली समाज युएई, रसुवा समाज युएईको समाज प्रतिनिधित्व रहेको छ । अध्यक्ष अधिकारीले यी समाजहरुले आआफ्ना जिल्ला स्तरीय कार्यक्रम र संस्थागत संरचनालाई निरन्तरता दिँदै प्रदेश स्तरीय सामाजिक गतिबिधिमा सहकार्य गर्नेछन् ।

तीन नम्बरस्तरीय एकता समाज यूएईको प्रथम अधिवेशनले १९ सदस्यीय अधिकारसम्पन्न समिति निर्विरोध गठन गरेको छ ।

जसमा प्रथम उपाध्यक्षमा समिम खान, द्वितीय.उपाध्यक्ष समशेर योञ्जन, तृतीय उपाध्यक्ष गोविन्द पन्त, चौथो उपाध्यक्षमा सुमन शर्मा रहेका छन् ।

त्यसैगरी महासचिवमा पर्शुराम घिमिरे, सचिवमा निरमाया खड्का दाहाल, कोषाध्यक्षमा विदुर न्यौपाने, सहकोषाध्यक्षमा सीता मगर सर्वसम्मत चयन भएका छन् ।

उक्त समितिको सदस्यहरुमा मीना लामा, योगेश लामा, भरत ढकाल, सपना भारती, विन्दु गिरी, सुदिप खराल, निसात लामा, निशा लामा तामाङ, मनमाया तामाङ र शिवकुमारी खड्का रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?