Comments Add Comment

वाम गठबन्धनको सहमतिः प्रदेशमा बढीमा ११ मन्त्री

एमाले माओवादीबीच ७०/३० को भागवण्डा

फाइल फोटो

१४ माघ, काठमाडौं । वाम गठबन्धनले प्रदेश सरकारमा बढीमा ११ मन्त्री मात्र बनाउने सहमति गरेको छ । साथै एमाले र माओवादी केन्द्रबीच आफ्नो सरकार बन्ने प्रदेशको मन्त्रिपरिषदमा ७०/३० को भागवण्डा हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख दलहरको भागवण्डा टुंगो लगाएको छ ।

एमालेले चार मुख्यमन्त्री र चार सभामुख लिएको छ भने माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाएको छ । उपसभामुख भने माओवादीले चार वटा लिनेछ र एमालेको भागमा दुई परेको छ ।

प्रदेशमा कम्तीमा ७ र बढीमा ११ मन्त्री बनाउने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले बताए । सबैभन्दा सानो प्रदेश मन्त्रिपरिषद् प्रदेश ६ मा हुनेछ । सबैभन्दा धेरै ११ मन्त्री प्रदेश १ र ३ मा हुनेछ ।

मन्त्रिपरिषद्को संख्या संविधानको भावना, सांसद संख्याको निश्चित प्रतिशत र प्रदेशसभामा सांसद संख्याको अनुपातका आधारमा ७ देखि ११ सदस्य बनाउन उपयुक्त हुने कार्यदलले निष्कर्ष निकालेको छ ।

कार्यदलका संयोजक एवं एमाले नेता सुवास नेम्वाङका अनुसार प्रदेश सरकारका मन्त्रीहरु समग्रमा ७० प्रतिशत एमाले र ३० प्रतिशत माओवादीबाट हुनेछ ।

मुख्यमन्त्री र संसदीय दलको नेताको सहमतिमा मन्त्रीहरु चयन गर्ने सहमति कार्यदलमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment