Comments Add Comment

प्रिमियम मेन्सवेयर ब्राण्ड लुई फिलिप नेपालमा


१४ माघ, काठमाडौं । लुई फिलिप ब्राण्ड नेपाल आएको छ । आदित्य बिर्ला फ्याशन एण्ड रिटेलले ललितपुरको लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्राण्ड आउटलेट खोल्दै नेपालमा प्रिमियम मेन्सवेयर ब्राण्ड लुई फिलिपको आगमन भएको घोषणा गरेको छ ।

युएई, कतार, ओमान, साउदी अरेबिया बहराइन, कुवेत र श्रीलंका जस्ता अन्तर्रार्ष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई स्थापित गरे पश्चात् ब्राण्ड नेपालमा लन्च भएको हो ।

भारतीय राजदूत मानजीव सिंह पुरी र आदित्य बिर्लाका अन्तर्रार्ष्ट्रिय बजारका निर्देशक विक्रम शिवदासले आदित्य बिर्ला फ्याशन एण्ड रिटेलको स्टोरको उद्घाटन गरिएको थियो ।

शिवदासले नेपालमा बढ्दै गइरहेको उत्कृष्ट गुणस्तरको मेन्सवेयरको आवश्यकतालाई पूरा गर्ने योजना रहेको सुनाए ।

‘नेपाल अपेरेलको बजारको लागि एउटा विकसित बजार हो किनकि यहाँ फ्याशेनेबल, एलिगेन्ट र उत्कृष्ट दर्जाको कालिगरी भएको उत्कृष्ट गुणस्तरको पि्रमियम अपेरेलप्रति शहरी पुरुषहरुको रुचि बढ्दै गइरहेको छ । लुई फिलिपको लन्चका साथ सुहाउँदो अपेरेलहरु ल्याएर हामी बढ्दै गइरहेको मागलाई पूरा गर्नसक्ने छौं र हाम्रो ब्राण्ड प्रति ग्राहकहरुको राम्रो प्रतिक्रया हुने र रुचाउने कुरामा हामीलाई पूरा विश्वास छ,’ उनले भने ।

आरपी समूह प्रालिका निर्देशक रुपेश पाण्डेले लुई फिलिप प्रिमियम ब्राण्ड नेपालमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment