+
+

मिनभवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयाे

सल्यान दुर्घटनामा घाइते दम्पतीको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते ८:३७
सांकेतिक तस्वीर

१५ माघ, काठमाडौं । काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्की छन् ।

कार्कीलाई मिनभवन क्याम्पस अगाडि मा बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको नयाँबानेश्वर प्रहरी प्रमुख डिएसपी रवि पौडेलले जानकारी दिए ।

कार्कीलाई सुरुमा ट्रमा सेन्टरमा उपचार गर्न लगिए पनि त्यहाँबाट न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको थियो ।

डिएसपी पौडेलका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढिसकेको छ ।

मिनीट्रकको ठक्करबाट सल्यानमा दम्पतीको ज्यान गयो

यसैबीच, सल्यानमा आइतबार मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको ज्यान गएको छ । रा १ ख ९३९ नम्बरको मिनीट्रकले रा ३ प ८५९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते दुईजनाको उपचारका क्रममा ज्यान गएको हो ।

ठक्करबाट ३२ वर्षीय दिलीप बुढा र ३० वर्षीया सम्झना बुढाको ज्यान गएको हो । प्रहरी चौकी कपुरकोटका अनुसार, मृतक दिलीप र सम्झना श्रीमान्–श्रीमती हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका दुई जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचारका लागि लगिएकोमा गएराति नै मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने मिनीट्रक चालक तुल्सीराम घर्तीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?