Comments Add Comment

टि्वटरमा फर्जी फलोअर्स बेच्ने कम्पनीमाथि कारवाही सुरु

काठमाडौं । अमेरिकाको न्यूयोर्कका एक मुख्य अभियोजकले सोसल मिडियामा कथित रुपमा नक्कली फलोअर बेच्ने एक कम्पनीमाथि छानविनको प्रक्रिया सुरु भएको बताएका छन् ।

अभियोजक एरिक स्न्याइडरम्यानका अनुसार न्युयोर्कमा छद्म रुप धारण गर्नु तथा धोका दिनु अपराध हो ।

न्युयोर्क टाइम्सका अनुसार देवूमी नामको कम्पनीमाथि लाखौं वास्तविक मानिसको पहिचान चोरेको आरोप छ ।

यद्यपि कम्पनीले भने आरोप अस्विकार गरेको छ ।

शनिवार न्युयोर्क टाइम्समा उक्त कम्पनीका बारेमा विस्तृत रिपोर्ट प्रकाशित भएको थियो । रिपोर्टले उक्त कम्पनीले चोरी गरेका टि्वटर अकाउन्टका जानकारी तथा प्रोफाइल तस्वीरका वास्तविक अकाउन्ट धनीहरुलाई पनि प्रस्तुत गरिएको थियो । त्यस जानकारीबाट कम्पनीले वास्तविक जस्तै देखिने नक्कली प्रयोगकर्ता बोट तयार गर्दथ्यो ।

बोट भनेको त्यो कम्प्युटर प्रोग्राम हो जुन स्वचालित हुन्छ । यसले स्वचालित रुपमा टि्वट, रिटि्वट तथा शेयर जस्ता कामहरु निरन्तर सजिलैसँग गरिरहन्छ ।

समाचार अनुसार जो मानिस सोसल मिडियामा आफ्नो फलोइंग तथा लोकपि्रयता बढाउन चाहन्छन् उनीहरुले कम्पनीलाई रकम तिरेर यस्ता बोटको सेवा खरीद गर्दछन् ।

यस्तो सेवा लिनेमा कलाकार, राजनेता तथा उद्योगपतिहरु रहेका बताइएको छ ।

सोसल मिडियामा फलोअरको संख्यालाई व्यक्ति वा कम्पनीको प्रभावसँग तुलना गर्ने चलन छ । साथै यसबाट जनताको रायलाई समेत प्रभावित गर्न सकिन्छ ।

अभियोजक स्नाइडरम्यानका अनुसार यस्ता गतिविधिबाट लोकतन्त्रमा पनि असर पर्दछ ।
आफ्नो वेबसाइटबाट देवूमीले अढाई लाखसम्म फलोअर्स बेच्ने दाबी गरिएको छ । मूल्य चाहीँ १२ डलरबाट सुरु हुन्छ ।

फलोअर्स मात्र नभै टि्वटर प्रयोगकर्ताले त्यहाँब्ााट आफ्ना पोष्टमा लाइक तथा रिटि्वट पनि खरीद गर्न सक्दछन् ।

टि्वटरमा मात्र होइन यसले लिंक्डइन, युट्युब, साउन्डक्लाउड र पिनट्रेस्टमा पनि फलोअर्स र लाइक्स बेच्ने गरेको छ ।

फर्जी फलोअर्स तथा लाइक र कमेन्टको व्यापार गर्ने यो कम्पनी न्युयोर्कमा दर्ता छ । तर न्युयोर्क टाइम्सले भने यसको कार्यालय फ्लोरिडामा रहेको दाबी ग्रेको छ र कर्मचारीहरुले चाहीँ फिलिपिन्सबाट काम गर्ने गरेका छन् ।

टि्वटरले चाहीँ यस्ता कम्पनीहरुको विकृतिलाई रोक्ने दिशामा काम गरिरहेको दाबी गरेको छ । टि्वटरमाथि यस्तो समस्यालाई गम्भीर रुपमा नलिने गरेको आरोप लाग्ने गरेको छ ।

टि्वटरमा अटोम्याटिक अकाउन्ट खोल्न सकिन्छ तर त्यसलाई किनबेच गर्न सकिँदैन ।

फलोअर, लाइक तथा रिटि्वट खरीद गर्ने जोकोही अकाउन्टलाई बन्द गरिदिने टि्वटरले चेतावनी दिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार देवूमीसँग ३५ लाख बोट छन् र ती बोटलाई उसले बारम्बार बेच्ने गरेको छ ।

त्यसमध्ये करीब ५५ हजार बोट अकाउन्ट यस्ता छन् जसमा वास्तविक मानिसहरुको तस्वीर तथा ठेगानाको प्रयोग गरिएको छ, जसमा नाबालिक पनि सामेल छन् ।

यो कम्पनीको फलोअर फ्याक्ट्रीबाट लाइक खरीद गर्नेमा कतिपय चर्चित सेलिब्रेटी, राजनेता तथा पत्रकार समेत सामेल रहेको दाबी न्युयोर्क टाइम्सले गरेको छ ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment