१६ माघ, इलाम । सूर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् ।
नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए ।
धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4