Comments Add Comment

माओवादीले प्रदेश इन्चार्जको समन्वयमा मुख्यमन्त्री चयन गर्ने

१६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जको समन्वयमा केही दिनभित्रै प्रदेश मुख्यमन्त्री र सभामुख चयन गर्ने भएको छ ।

वाम भागवण्डामा प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने भएको छ । मुख्यमन्त्रीमा आकाङ्क्षी बढेपछि पार्टीका प्रदेश इन्चार्जसँग छलफलका आधारमा पार्टी केन्द्रले आवश्यक निर्णय गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

दुई दलबीचको सहमतिअनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ ।

त्यसैगरी प्रदेशको सभामुखमा एमालेबाट प्रदेश १, ३, ६ र ७ तथा माओवादी केन्द्रबाट प्रदेश ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति गरिएको छ । त्यस्तै प्रदेश नं ४ र ५ एमालेले १, ३, ६ र ७ मा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको छ ।

सहमतिको आधारमा तोकिएका पदमा उपयुक्त व्यक्ति छनोट गरिने प्रवक्ता भुसालको भनाइ छ ।

माओवादी केन्द्रले प्राप्त गरेको प्रदेश ६ मा पूर्वमन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी मुख्यमन्त्रीमा आकाङ्क्षी छन् ।

यस्तै प्रदेश ७ मा वीरमान चौधरी, झपट बोहोरा र त्रिलोचन भट्टको दाबी छ । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने हिसाबले पार्टीले निर्णय गर्ने प्रवक्ता भुसालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment