Comments Add Comment

तीन दिनपछि खुले वीरगञ्जका सुनचाँदी पसल

१७ माघ, वीरगञ्ज । पर्साका सुनचाँदी पसलहरु तीन दिनपछि बुधबारबाट सञ्चालनमा आएका छन् ।

सुनचाँदी व्यवसायीहरुले तीन दिनसम्म बन्द रहेका पसलहरु बुधबारबाट खोलेका हुन् ।

राजश्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाको टोलीले व्यवसायीलाई आतंकित पार्नेगरी छापामारेको भन्दै व्यवसायीहरुले पसल बन्द गरेका थिए ।

संघको नेतृत्वमा व्यवसायीहरु बुधबार दिउँसो पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई ‘छामामारीको तौरतरिका र शैली’ परिवर्तन हुनुपर्ने माग राखेर ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी सिंहले राज्यका कुनैपनि निकायले नागरिकलाई आतंकित पार्नु नहुने भन्दै राजश्वको ‘छापामार शैली’मा सुधारका बारेमा माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिएका थिए ।

प्रजिअले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएकोले व्यवसाय सञ्चालन गर्ने निर्णयमा पुगेको पर्सा सुनचाँदी व्यवसायी संघका महासचिव प्रवेस कुमार सर्राफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment