१७ माघ, बुटवल । प्रदेश नं. ५ को पहिलो प्रदेश अधिबेशन (प्रदेशसभा बैठक)स्थल निर्माणमा ढिलाइ भएको छ ।
प्रदेश पाँचका प्रमुख उमाकान्त झाले २१ माघ आइतबार बैठक डाकेपनि आवश्यक तयारी भने कछुवाको गतिमा भएको छ ।
बैठक बस्ने दिन आउन ४ दिनमात्र बाँकी छ । तर, बैठकका लागि व्यवस्थापनको जिम्मा पाएको स्थानीय टोलीले काम सुस्त गतिमा काम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको नेतृत्वमा बनेको व्यवस्थापन टोलीले बैठकका लागि कुनै पनि संरचना तयार पारेको छैन । बैठक कक्षको तयारी नै सुरु नगरिएपछि पहिलो बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य बलदेव शर्मा पोखरेल अन्योलमा परेका छन ।
पूर्वाधार व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र भवन डिभिजन कार्यालयका प्रमुख सुरेश ठाकुरले आइतबारदेखि काम सुरु हुने बताएपनि बुधबार दिउँसोसम्म सामान्य तयारीमात्र देखिएको छ ।
सरकारले प्रादेशिक संरचनाको भवन व्यवस्थापनका लागि साढे ७ करोड रूपैयाँ विनियोजन गरेर निर्माणको जिम्मा भवन डिभिजन रूपन्देहीलाई दिएको बुझिएको छ ।
सभामुखसहितको संसद सचिवालयका लागि बुटवल उद्योग वाणिज्य संघको भवनका दुई वटा तला र हल प्रयोग गरिने छ ।
हाल सभामुखको जिम्मेवारीमा रहेका पोखरेलको सचिवालयमा टेबल र कुर्ची भने व्यवस्थापन गरिएको छ ।
प्रदेश नम्बर ५ मा ८७ जना सांसद छन । बुधबारबाट फर्निचर टेवल,कुर्ची र रंगरोगनको काम शुरु भएको हो ।
बुटवल उपमहानगरका पुराना काठका कुर्चीहरुमा प्रदेश सांसद बस्नेछन् । ती कुर्चीमा रंगरोगन गरिने र निलो कलरको कभर हालिने छ ।
प्रतिक्रिया 4