करिना कपुर अहिले छोरो तैमूर हुर्कारहेकी छिन् । यद्यपी लाइमलाइटबाट टाढा भने छैनन् । हुन पनि आमाको भूमिका निर्वाह गरिरहेकी उनी आफ्नो व्यवसायिक जीवनलाई पनि सँगसँगै अघि बढाउने तरखरमा छिन् । भनिन्छ, उनी चाडै ‘वीरे दी वेडिंग’बाट बलिउड कमब्याक गर्दैछिन् ।
हालै मात्र उनी साथीहरुसँग मस्ती गर्न गोवा पुगे । उनको यो ग्याङमा अमृता अरोडादेखि दिदी करिश्मा कपुर, मलाइका अरोडा लगायत सामेल छन् । यसपाली उनले छोरोलाई भने छुटाइन् । तर, पति सैफ अली खानलाई छुटाइनन् ।
करिनाको यो ग्ल्यामरस लेडी ग्याङमा एक्लो पुरुष भनेको उनै सैफ हो । सैफ अली खान सहितको यो टोली निजी जेटमा सवार भए । यसको तस्वीर मलाइका अरोडाले शेयर गरेकी थिइन् । उनीहरु गोवा गए । तर, गोवा पुग्नुअघि जेटभित्रै उनीहरुले पार्टी सुरु गरे ।
उनीहरु गोवामा अमृता अरोडाको जन्मदिन मनाउन गएका थिए । अमृताले हिजो ३४ औं जन्मदिनको केक काटिन् ।
त्यसो त करिनाको ग्याङ अर्थात करिष्मा, अमृता, मलाइका विभिन्न पार्टीमा एकसाथ मस्ती गरिरहेका देखिन्छन् । केहि समयअघि उनीहरु तैमुरको वर्थडेमा पनि विन्दस रमाइलो गरिरहेको देखिए ।
प्रतिक्रिया 4